‘माइतीघर’ मा धिरजको इन्ट्रीसँगै पूरा भयो लाइनअप

Kalakarmi Kalakarmi January 20, 2025 07:37
‘माइतीघर’ मा धिरजको इन्ट्रीसँगै पूरा भयो लाइनअप Image

काठमाडौं- रोहित अधिकारीको निर्माणमा तयार हुन लागेको फिल्म ‘माइतीघर’ मा कलाकारहरुको लाइनअप पूरा भएको छ । फिल्मको मुख्य भूमिकामा अभिनेता धिरज मगरको इन्ट्री भएसँगै मुख्य कलाकारहरुको लाइनअप पूरा भएको हो । निर्माता रोहित अधिकारी र नायक धिरज मगरसँग कागजी सम्झौता भएको हो । फिल्ममा तीन स्टार कलाकारहरुले काम गर्ने पक्का भएको छ । फिल्ममा कलाकार केदार घिमिरे र प्रकाश सपुत पनि फाइनल भइसकेका छन् । फिल्ममा अभिनेत्री उपासना सिंह ठकुरी र नव–अभिनेत्री दिकिला शेर्पा पनि अनुवन्धित भइसकेका छन् । फिल्ममा बुद्धि तामाङको पनि मुख्य भूमिका रहने छ । यो फिल्मको छायांकन केही ...