आजदेखि फिल्म हलमा ‘फिरफिरे फिरिरी’

Kalakarmi Kalakarmi January 17, 2025 04:43
आजदेखि फिल्म हलमा ‘फिरफिरे फिरिरी’ Image

काठमाडौं- नेपाली फिल्म उद्योगमा फरक धारका फिल्मले दर्शकको मन जित्दै गएको छ । दशैँपछि रिलिज भएका धेरै फिल्मले राम्रो व्यापार गर्दा, आज माघ ४ गतेदेखि हरर र कमेडीको अनौठो मिश्रण बोकेको फिल्म ‘फिरफिरे फिरिरी’ प्रदर्शनमा आएको छ । हलमा भावुक दृश्यहरूमा आँसु झार्ने दर्शकलाई यसपटक पेट मिची-मिची हसाउने लक्ष्य लिएको यो फिल्मले नेपाली फिल्म उद्योगमा नयाँ ऊर्जा ल्याउने अपेक्षा गरिएको छ । फिल्मका निर्माता मनोज कुमार अधिकारीका अनुसार ‘फिरफिरे फिरिरी’ ले दर्शकलाई हँसाउने मात्र होइन, फरक स्वादको मनोरञ्जन पनि दिनेछ । हरर कमेडी जस्तो कम बन्ने जनरामा तयार गरिएको यो फिल्ममा नयाँ ...