फिल्म रिलिजपछि सार्वजनिक गरिएको ‘रंगी’को गीत ‘उडिदेउ’ (भिडियो)
Kalakarmi
February 17, 2025 09:51
काठमाडौं- गत शुक्रवारबाट प्रदर्शनरत फिल्म ‘रंगी’को गीत ‘उडिदेउ’ सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा अन्जान रानाभाटको स्वर र संगीत, अञ्जान र सौगात सापकोटाको शब्द, सम्रिक बादेको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ छ । भिडियोमा फिल्मका प्रमुख कलाकारहरु सलोन बस्नेत, नम्रता श्रेष्ठ, आयुषी ढकाल र सुमिन गुरुङको अभिनय छ । स्याड भर्सनको गीतमा सलोनले छोरी आयुषीका लागि गरेको संघर्षलाई देखाइएको छ । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्ममा सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन छ । सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतम निर्माता रहेको फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप ...


