नकारात्मक अर्थमा हेरिने ‘तेल भिसा’ ले वयान गर्छ विदेशका नेपालीको वास्तविकता


काठमाडौं- कुन फिल्म चल्छ र कस्तो फिल्म चल्छ भन्ने मेकरलाई पनि थाहा हुँदैन । त्यसैले पहिलो दिन नै हलबाट उत्रिने फिल्म र करोडौँ कमाउने सिनेमामा पनि कलाकार, निर्देशक र निर्मातामा उत्तिकै आशा हुन्छ । यही कारण आफ्नोतर्फबाट सक्दो मेहनत निर्माणपक्षले हलमा फिल्म आउँदको दिनसम्म गर्छन् । तर, यति हुँदा हुँदै पनि जनताको घरघरका कथा भन्ने फिल्म दर्शकले मन पराउने सम्भावना भने उच्च हुन्छ । हरेक व्यक्ति र परिवारसँग नजिकको कथामा बन्ने फिल्मलाई दर्शकले मन पराउँछन् । यो भने यसअघि रिलिज भएका फिल्मले पनि पुष्टि गरिसकेका छन् । यस्तै घरघरका कथा ...