‘सारंग’ को गीतमा भाव विह्वल बनाउँदै ऋचा


काठमाडौं– यही माघ २५ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘सारंग’ को प्रदर्शन मिति नजिकिँदै गर्दा नयाँ गीत ‘मेरो बाबा मेरो आमा’ सार्वजनिक गरिएको छ । यो गीतमा आयुष गिरी, अनुमा चौधरी र जयन्त माधव बराइलीको गायन, दीपक शर्माको शब्द तथा शंकर थापा (स्माइल) को संगीत छ । मर्मस्पर्शी भावको गीतमा बुबा–आमाले सन्तानका लागि गरेको माया, संघर्ष र त्यागको बखान छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार ऋचा शर्मा, उत्पल झा र आदित्य कार्की देखिएका छन् । आदित्यले विद्यालयको अभिभावक दिवसमा गीतमार्फत बुबा–आमाप्रति व्यक्त गरेको भावलाई दृश्यमा उतारिएको छ । भिडियोको अन्तिममा आदित्यले ...