‘ताण्डवम्’ को पोस्टरसहित प्रदर्शन मिति घोषणा
Kalakarmi
January 14, 2025 08:03
काठमाडौं– जुनिम गहतराजको निर्देशनमा भएको फिल्म ‘ताण्डवम्’ को पोस्टर रिलिज सहित प्रदर्शन मिति घोषणा गरिएको छ । माघे संक्रान्तिको अवसरमा मंगलवार पोस्टर सार्वजनिक गर्दै फिल्म फागुन ९ गतेदेखि प्रदर्शनमा आउने जानकारी दिइएको हो । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकारहरु क्यारेक्टर लुक्समा प्रस्तुत छन् । पोस्टरमा पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अंकित खड्का, अनोज पाण्डे र जुनिम गहतराज प्रस्तुत छन् । यो फिल्मबाट कलरिस्ट जुनिमले निर्देशनमा डेब्यु गरेका हुन् । कमल कार्की र गोपाल कटुवालको पनि फिल्ममा अभिनय रहेको छ । महाशिवरात्रीको छेको पारेर प्रदर्शनमा आउन लागेको फिल्मले नाम जस्तै धार्मिक ...


