‘रिमै’को शुभमुहूर्तसँगै छायांकन सुरु

Kalakarmi Kalakarmi November 19, 2024 08:05
‘रिमै’को शुभमुहूर्तसँगै छायांकन सुरु Image

गोरखा- खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भैरहेको फिल्म ‘रिमै’को शुभमुहूर्तसँगै छायांकन सुरु गरिएको छ । मंगलबार गोरखाको सिरानचोकमा शुभमुहूर्त गर्दै छायांकन थालिएको निर्देशक गुरुङले जानकारी दिए । सिनेमाको मुहूर्त सर्ट अभिनेता दयाहाङ राई र अभिनेत्री रिस्मा गुरुङले दिएका छन् । फिल्मको अबको एक महिनासम्म गोरखाको सिरानचोक, झार गाउँ, कुल गाउँ, भंगेरी, लासे, सिम्ले, गोहरे, चित्रेपोखरी र गोर्खा बजारमा छायांकन हुनेछ । रोहित कट्टेल प्रस्तुतकर्ता रहेको सिनेमाका कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् । गोरखा सिरानचोक एण्ड लिगगिगकोट फिल्मस् प्रालीको प्रस्तुती र आरआर फिल्मस् तथा रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुनेछ । सिनेमामा दयाहाङ र ...