चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त
eHimalaya Times
February 3, 2025 06:24
काठमाडाैं । चलचित्र हरिबहादुरको जुत्ताको शुभ मुहूर्त भएको छ । सोमवार भक्तपुरको सूर्यविनायक मन्दिरमा पूजापाठ गरी चलचित्रको शुभ मुहूर्त गरिएको हो । दीपेन्द्र के. खनाल निर्देशक चलचित्र हरिबहादुरको जुत्तामा अभिनेता हरिवंश आचार्य, किरण केसी, अभिनेत्री प्रियंका कार्की, स्वस्तिमा खड्का लगायतको अभिनय रहनेछ । कार्यक्रममा अभिनेता हरिवंश आचार्यले आजदेखि नै चलचित्रको प्रचारप्रसार शुरु भएको बताउनु भयो


