किन बोलि फेरे ‘एक्टर’ का निर्माताले ?


काठमाडौं- माघ ४ गते प्रदर्शनमा आएको फिल्म ‘एक्टर ‘ अहिले हलहरुबाट उत्रिसकेको छ । तर यहि नामसंग मेल खाने अर्को फिल्म ‘एक्टरः टेक वन’ भने भोलि अर्थात माघ १६ गतेदेखि प्रदर्शनमा आउने सम्पूर्ण तयारी पूरा हुँदा आज काठमाडौं जिल्ला अदालतले प्रदर्शन स्थगित गर्ने आदेश दिएको छ । अदालतले यही माघ २२ गतेसम्म लागि एक्टर: टेक वनलाई प्रदर्शन नगर्न आदेश दिएको छ । माघ १४ गते ग्राण्ड प्रीमियर गरिएको एक्टरः टेक वनको विभिन्न सिनेमा हलहरुले अग्रीम टिकट बुकिग खुल्ला गरिसकेका छन् । शीर्षक जुधेको भन्दै फिल्मको प्रदर्शन रोक्न माग सहित माघ ११ ...