‘१२ गाउँ’ को‌ पहिलो गीतमा रोमान्टिक समीर र सोनु

September 7, 2024 at 09:28 AM
1 min read

काठमाडौं- एक्सन स्टार विराज भट्टको निर्माण तथा निर्देशन रहेको नयाँ नेपाली फिल्म ‘१२ गाउँ’ को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘सिनेमा हेर्न जाउँ’ बोलको रोमान्टिक गीतमा डेव्यु अभिनेता तथा विराजका छोरा समीर भट्ट र अभिनेत्री सोनु चन्द्रपाल फिचर्ड छन् । गुजराती तथा दक्षिण भारतीय फिल्म तथा टेलिभिजन सिरियलकी चर्चित अभिनेत्री सोनु चन्द्रपालले नेपाली फिल्ममा डेव्यु गरेकी हुन् । उनी र समीर सार्वजनिक गीतको भिडियोमा रोमान्टिक अवतारमा प्रस्तुत छन् । सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको गीतको भिडियोमा समीरको डान्स स्टेप हेर्दा उनले फिल्मका लागि निकै मेहनत गरेको देखाउँछ । सार्वजनिक गीतमा अर्जुन पोखरेलको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...