आईएनआईमा निःशुल्क देखाइयो ‘छक्कापञ्जा ४’

September 14, 2024 at 10:39 PM
1 min read

काठमाडौं । मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले नयाँ बानेश्वरस्थित हलमा शनिबार ‘छक्कापञ्जा-४’ को निःशुल्क प्रदर्शन गरिएको छ । एनबी सेन्टरमा हल खुलेको पहिलो वार्षिकोत्सवको अवसरमा यो सुविधा प्रदान गरिएको थियो । यसका लागि शनिबारका चार शोमा दर्शकले निःशुल्क चलचित्र हेरेका थिए । यो हलमा अभिनेता दीपकराज गिरी र अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको पनि स्वामित्व छ

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...