काठमाडौं– गत बिहीवारदेखि प्रदर्शनरत नयाँ नेपाली फिल्म ‘खुस्मा’ व्यवसायिक रुपमा सफल हुने बाटोमा अघि बढेको छ । यसैबीच, देशका अधिकांश सिनेमा हलमा प्रदर्शनरत यो फिल्मको आइतवार साँझ काठमाडौंमा विशेष प्रदर्शन गरिएको थियो । उक्त विशेष प्रदर्शनमिा पूर्व उपराष्ट्रपति नन्द किशोर पुन तथा उपसभामुख इन्दिरा राना मगरले फिल्मका कलाकारहरुसंगै बसेर फिल्म हेरेका छन् । नयाँ बानेश्वरस्थित वान सिनेमाजमा आयोजित स्पेशल शोमा उनीहरुले फिल्म हेरेका हुन् । उनीहरुले ‘खुस्मा’ हेरेपछि यो फिल्मले सशस्त्र द्वन्द तथा त्यसले एउटा सामान्य परिवारमा पारेको प्रभावलाई उत्कृष्ट ढंगले देखाइएको प्रतिक्रिया दिएका छन् ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...