पाँच वर्षपछि अभिनय यात्रामा फर्किए धुर्मुस

September 25, 2024 at 06:28 AM
1 min read

काठमाडौं- हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ लामो समयपछि फिल्म अभिनयमा फर्किएका छन्। उनले हास्य सिरियल ‘सक्किगोनि’ टिमको फिल्म ‘लाज शरणम्’ मा अभिनय गरेका हुन्। २०७६ सालमा रिलिज ‘सेन्टिभाइरस’ पछि धुर्मुसले कुनै फिल्ममा अभिनय गरेका थिएनन्। उनी ‘लाज शरणम्’ को आफ्नो केही भागको छायांकन सकेर डोल्पाबाट काठमाडौं फर्किएका छन्। धुर्मुसले फिल्ममा आफ्नो अभिनय रहेको जानकारी दिँदै धेरैपछि सेटमा फर्किँदा एकदमै खुसी लागेको बताए। फिल्मलाई कुमार कट्टेलले (जिग्री) ले निर्देशन गरिरहेका छन्। यसमा सक्किगोनि टिमबाट सागर लम्साल (बले), अर्जुन घिमिरे (पाँडे), हरिश निरौला (कक्रोज) कमलमणि नेपाल, बबिन राई (गल्फने बाजे) र प्रियना ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...