काठमाडौं- फिल्म ‘छक्कापञ्जा ५’ प्रदर्शनमा आएको तेस्रो सातापछि नयाँ गीत ‘यो माया बनाउने को हो’ सार्वजनिक भएको छ । आज अर्थात कार्तिक ९ यो गीत युट्युबमा सार्वजनिक भएको छ । भिडियोमा दीपकराज गिरी र वर्षा सिवाकोटीको रोमान्टिक अवतार देख्न सकिन्छ । निशान भट्टराई र अस्मिता अधिकारीको स्वर रहेको गीतमा संगीत शम्भुजीत बास्कोटाको रहेको छ भने कृष्णहरि बरालका शब्द रहेको छ । प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको सन्दर्भमा निर्माताले रोमान्टिक गीत ल्याएका हुन् ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...