काठमाडौं- यही कार्तिक ३० गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को गीत ‘सपनीमा’ को छायांकन गरिएको छ । गीतमा इन्दिरा जोशी र करण परियारको स्वर, करुण थापाको शब्द र संगीत छ । बुधवार तथा बिहीवार ललितपुरको चापागाउँ आसपास छायांकन भइरहेको गीतमा फिल्मका प्रमुख कलाकारद्वय नाजिर हुसेन र सृष्टि श्रेष्ठको अभिनय छ । गीतको भिडियोमा मानकृष्ण महर्जनको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी छ । गीत रोमान्टिक फ्लेभरको छ । ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो । फिल्ममा ३२ वर्षअघिको डकु–ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको निर्देशन ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...