गोरखा- खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भैरहेको फिल्म ‘रिमै’ को शुभमुहूर्तसँगै छायांकन प्रारम्भ गरिएको छ । मंगलवार गोरखाको सिरानचोकमा शुभमुहूर्त गर्दै छायांकन थालिएको निर्देशक गुरुङले जानकारी दिए । फिल्मको मुहूर्त सर्ट अभिनेता दयाहाङ राई र अभिनेत्री रिस्मा गुरुङले दिएका छन् । फिल्मको अबको एक महिनासम्म गोरखाको सिरानचोक, झार गाउँ, कुल गाउँ, भंगेरी, लासे, सिम्ले, गोहरे, चित्रेपोखरी र गोर्खा बजारमा छायांकन हुनेछ । रोहित कट्टेल प्रस्तुतकर्ता रहेको फिल्मका कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् । यो फिल्म गोरखा सिरानचोक एण्ड लिगगिगकोट फिल्म्सको प्रस्तुति तथा आरआर फिल्मस् तथा रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुनेछ । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...