टीजरमा ‘कार्साङ’ : गरिबी, अभाव तथा निसन्तानपनले दिएको सास्ती

December 4, 2024 at 10:41 AM

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्साङ’ को टीजर सार्वजनिक भएको छ । बुधवार सार्वजनिक फिल्मको टीजर गाउँमा धामी बसेको सेटअपबाट प्रारम्भ भएको छ । टीजरमा गरिबी, अभाव तथा निसन्तानपनले दिएको सास्ती तथा त्यसले दाम्पत्य जीवनमा निम्त्याउने श्रीमान् –श्रीमतीबीचको ठाकठुकलाई चित्रण गरिएको छ । ऋण, सरसापटले काम चलाउने ग्रामीण परिपाटी, एक जोर नयाँ लुगाका लागि सन्तानले गरेको अपेक्षा पूरा गर्न नसक्ने अभिभावकको चरम गरिबी टीजरमा समावेश छ । टीजरले गरिबीका कारण कसरी आम मान्छे आफ्नै दाजुभाइ र समाजबाट हेपिन्छन् त्यसको कथा ‘कार्साङ’ ले भन्ने संकेत गरेको छ । सन्तान नजन्मिएपछि श्रीमान् – श्रीमतीले ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...