काठमाडौं- आसन्न तमु ल्होसारको अवसर पार्दै नेपाली फिल्म ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक गरिएको छ ।बिहीवार सार्वजनिक गीत ‘कौडा/चुट्का’ मा आधारित छ, जुन लोक सङ्गीतको एक विशेष र चर्चित विधा हो । यो भाकामा जीवनका विभिन्न भावनाहरू—प्रेम, वियोग, हास्यव्यङ्ग्य, व्यथा र सामाजिक परिवेशलाई सरल तरिकाले व्यक्त गरिन्छ । सार्वजनिक ‘मखमली’ गीतले यस फिल्मका अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरबीचको अव्यक्त प्रेमलाई व्यक्त गरेको छ । गण्डक क्षेत्रमा चर्चित मानिने यो भाका यो चलचित्रमा भने पूर्वी नेपालको पाँचथरको संस्कृतिमा मिसाइएको छ । यस चलचित्रको छायाङ्कन पाँचथर र नेपाल भारत सिमाना ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...