काठमाडौं- नेपाली फिल्म ‘सोल्टिनी’ को छायाङ्कन प्रारम्भ भएको छ । मङ्गलवार इलामको रोङमा रहेको सानो पाथीभरा मन्दिरमा शुभमुहूर्त गर्दै ३१ दिनको तालिकासहित छायाङ्कन प्रारम्भ भएको निर्देशक अर्जुन सुवेदीले बताए । अभिनेता प्रकाश सपुत, अभिनेत्रीद्वय परीक्षा लिम्बु र सब्बु गुरुङ तथा कलाकार सुन्दर धितालले मन्दिर परिसरमा नै फिल्मका लागि पहिलो र महत्त्वपूर्ण शट दिए । यो फिल्म इलाम तथा भोजपुरको रमणीय प्राकृतिक सौन्दर्यमा छायाङ्कन हुनेछ । यो फिल्ममा नेपाली फिल्म क्षेत्रका चर्चित कलाकारहरूको बाक्लो उपस्थिति छ, जसमा प्रकाश सपूत, विल्सन विक्रम राई, परीक्षा लिम्बु, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...