यूट्युब ट्रेन्डिङको शीर्ष स्थानमा ‘एक्टरः टेक वन’ को ट्रेलर

January 19, 2025 at 02:44 PM
1 min read

काठमाडौं- सार्वजनिक भएको दुई दिनमा नेपाली फिल्म ‘एक्टरः टेक वन’ को ट्रेलर नेपालको लागि यूट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ । यो समाचार तयार पार्दासम्म दर्शकको मन जित्दै यो ट्रेलर १५ लाख भ्युजसहित ट्रेन्डिङमा रहेको छ । गत शुक्रवार काठमाडौंमा एक समारोहको आयोजना गरी यही माघ १६ गते यो फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो । रोमाञ्चक शैलीमा तयार पारिएको ट्रेलरले उल्लेख्य प्रशंसा प्राप्त गरेको छ । सार्वजनिक भएको छोटो समयमा नै ट्रेलरलाई लाखौँ दर्शकले युट्युबसहित अन्य विभिन्न इन्टरनेट प्लेटफर्महरूमा हेरिरहेका छन् । राजन भुसालद्वारा निर्देशित यस फिल्मको ट्रेलरले प्रदीप खड्काको महत्त्वाकाङ्क्षी चरित्रलाई ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...