काठमाडौं- टिजर र ब्रेकअप कविताका कारण चर्चामा रहेको फिल्म ‘दुःखी आत्मा’को नयाँ गीतको छायांकन गरिएको छ । भक्तपुर दरबार स्क्वायर परिसरमा यो फिल्मको एक रोमान्टिक गीतको छायांकन गरिएको हो । यो गीतको भिडियोमा अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्मालाई फिचरिङ गरिएको छ । केही दिनमै गीतको भिडियो सार्वजनिक गर्ने तयारी निर्माणपक्षको छ । फागुनको २ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मलाई दीपेन्द्र लामाले लेखन तथा निर्देशन गरेका हुन् । यो गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । गीतमा केतन क्षेत्रीको संगीत, इश्वर कार्कीको शब्द तथा कम्पोज छ । फिल्मको टिजर सार्वजनिक भएसँगै ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...