आ-आफ्नै शैलीमा सरस्वती पूजा सम्झँदै यी कलाकार

February 3, 2025 at 09:22 AM

काठमाडौं– आज देशभरि सरस्वती पूजा धूमधामका साथ मनाइँदै छ । हिन्दू धर्मावलम्बीहरूले ज्ञान, शिक्षा र कलाकी देवी सरस्वती माताको पूजा अर्चना गर्दै यो पर्व मनाइरहेका छन् । खासगरी विद्यार्थीहरूले आफ्नो किताब, कापी, कलम तथा अन्य अध्ययन सामग्रीलाई सरस्वतीको चित्रमाथि राखेर आशीर्वाद प्राप्त गर्नका लागि पूजा गर्छन् । नेपालभरिका विभिन्न मन्दिरहरूमा विशेष पूजा कार्यक्रमहरूको आयोजना गरिएको छ भने विद्यालय, कलेज, र अन्य शैक्षिक संस्थाहरूमा पनि यो अवसरमा सरस्वती पूजा गरिन्छ । यस दिनलाई विशेष गरी विद्यार्थीहरूको पर्वको रूपमा लिइन्छ, जहाँ उनीहरूले आफ्नो भविष्य उज्जवल बनाउन देवी सरस्वतीबाट आशीर्वाद माग्ने गर्दछन् । सरस्वती ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...