काठमाडौं- झण्डै ३० वर्ष अघि ‘हिरो’ अथवा ‘कलाकार’ बन्छु भनेर केही समय नाटकमा अभिनय गरेका दीपकप्रसाद घिमिरे अब फिल्मवृत्त र दर्शकमाझ निर्माताका रुपमा आउँदैछन् । यही माघ २५ गतेबाट रिलिज हुने फिल्म ‘जुनाः एक व्यथा’मार्फत उनी निर्माताका रुपमा आउन लागेका हुन् । कलाकारिताको मोहलाई छोडेर सरकारी काममा व्यस्त रहँदा कुनै एकदिन निर्देशक जीवन सेञ्चुरी ‘जुनाः एक व्यथा’को स्क्रिप्ट लिएर सातदोबाटोस्थित घिमिरेको कार्यालय पुगेका रहेछन् । आफूले चिनेका एक भाईमार्फत जीवन उनको सम्पर्कमा पुगेका थिए । ‘त्यो भाईले एउटा राम्रो स्क्रिप्ट छ, फिल्म बनाउनुपर्यो दाई भनेर आए । मैले सुरुमा वास्ता गरिन्, ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...