यी हुन् १३ औँ संस्करणको नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका विजेताहरु

February 24, 2025 at 10:57 AM
1 min read

काठमाडौं- शुक्रबारबाट सुरु भएको ‘१३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२५’ ३१ विधामा अवार्ड प्रदान गर्दै आइतबार बेलुका सम्पन्न भएको छ । महोत्सवमा तीन दिनसम्म चलचित्र प्रदर्शन गरेर उत्कृष्ट चलचित्र एवम् चलचित्रकर्मीलाई पुरस्कृत गरिएको हो । महोत्सवमा नेपाल सहित १७ देशका ४९ वटा चलचित्र सहभागी थिए । महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रको सभापतित्व र संस्कृति पर्यटन तथा नागरिक उड्ड्यान मन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा समापन समारोहमा स्वदेशी तथा विदेशी विजेतालाई अवार्ड प्रदान गरियो । यो महोत्सवमा सर्वोत्कृष्ट अफ्रिकन चलचित्रको अवार्ड दक्षिण अफ्रिकाबाट गुड मोदरले, अफ्रिकन वृत्तचित्रको अवार्ड क्यामरुनको वृत्तचित्र जायदले पायो । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...