सुशिलको एक्सनले भरिएको ‘आउटलः दफा २१९’ को ट्रेलर

February 28, 2025 at 01:34 PM
1 min read

काठमाडौं- वर्षकै प्रतिक्षित एक्सन फिल्म ‘आउटलः दफा २१९’को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक भएको छ । फागुनको २९ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको ट्रेलरले दर्शकको उत्सुकता ह्वात्तै बढाउने देखिन्छ । विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा अमित अग्रहरि र नीशा गुइडेको लगानी छ । फिल्ममा विक्की महर्जन र विनोद कठायतको पटकथा, नविन गुरुङको डीओपी छ । विकास चौधरी सह–निर्माता रहेको फिल्मका कार्यकारी निर्माता विनोद कठायत हुन् । साहिल खानको सम्पादन रहेको फिल्ममा चुल्ठे काजीको एक्सन निर्देशन छ । यो फिल्ममा सुशिल श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम महर्जन, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...