‘महाभोज’ को इण्ड-क्ल्याप सम्पन्न, रिलिज कहिले ?

March 1, 2025 at 09:01 AM
1 min read

काठमाडौं- दिनेश राउतको निर्देशनमा बनिरहेको नेपाली फिल्म ‘महाभोज’को छायाङ्कन सम्पन्न भएको छ । अन्तिम चरणमा काठमाडौंमा छायाङ्कन गर्दै शुक्रवार साँझ चलचित्रको इन्ड-क्ल्याप गरिएको हो । इन्ड-क्ल्यापमा अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री अञ्जना बराइलीको दृश्य छायाङ्कन गरिएको थियो । यो फिल्मको छायाङ्कन गत माघ ८ गते पोखराको घाचोकबाट प्रारम्भ भएको थियो । फिल्मको ३५ दिने छायाङ्कन तालिकामा ३३ दिन घाचोक र २ दिन काठमाडौंमा छायाङ्कन गरिएको निर्देशक राउतले बताए । निर्देशकका अनुसार ‘महाभोज’ समाजमा हुने विश्वासघात र भ्रष्टाचार विरुद्धको कथामा आधारित छ । यो फिल्मले सर्वसाधारणको जीवन र भरोसामाथि खेलबाड गर्नेहरू विरुद्धको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...