फिल्मको माध्यमबाट लागूऔषधको दुष्प्रभावबारे जनचेतना फैलाइने

March 1, 2025 at 03:59 PM

काठमाडौं– चलचित्र विकास बोर्ड र नेपाल प्रहरीले लागूऔषध नियन्त्रण तथा रोकथामका लागि द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन् । गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यता एवं गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक वसन्त कुँवरको समुपस्थीतिमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेक बहादुर तामाङबीच काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको आयोजनामा काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको हलमा शनिवार आयोजित कार्यक्रममा यो द्विपक्षीय सम्झौता भएको हो । यो सम्झौताअन्तर्गत दुवै निकायले लागूऔषध दुर्व्यसन सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, जनचेतना फैलाउने र युवा पुस्तालाई सकारात्मक जीवनशैलीतर्फ उन्मुख गराउने लक्ष्य राखेका छन् । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...