‘वरिष्ठ बलराम’ को शुभ मुहूर्त

March 2, 2025 at 07:41 AM
1 min read

काठमाडौं- फिल्म ‘वरिष्ठ बलराम’को शुभ मुहूर्त गरिएको छ । बुधवार टाइटल टिजर सार्वजनिक गर्दै रिलिज डेट घोषणा गरेको फिल्मको आज शुभ मुहूर्त गरिएको हो । निर्माणपक्षले आज काठमाडौंको बुढानीलकण्ठ मन्दिरमा पूजा गर्दै छायाङ्कन प्रारम्भ गरेको हो । लक्ष्मी पूजाका दिन कात्तिक ३ गते रिलिज हुने फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गर्नेछन् । दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति राईको मुख्य भूमिका रहने फिल्ममा माओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मीलगायतका कलाकारको पनि अभिनय रहनेछ । ‘वरिष्ठ बलराम’ नेपाली फिल्म उद्योगका कुशल सम्पादक सुरेन्द्र पौडेलको यो चौथो निर्देशकीय फिल्म हो । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...