‘जार’ मा समावेश पहिलो गीत ‘ए ठुली’ सार्वजनिक 

March 2, 2025 at 07:36 AM
1 min read

काठमाडौं- साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित फिल्म ‘जार’ मा समावेश पहिलो गीत सार्वजनिक गरिएको छ । आगामी वैशाख २६ (मे ९) लाई प्रदर्शन मिति तय गरेको निर्माण कम्पनी फेरी टेल पिक्चर्सले आइतबार ‘ए ठुली’ बोलको गीत रिलिज गरेको हो । सार्वजनिक गीतको भिडियोमा अभिनेता सौगात मल्ल र अभिनेत्री गीताञ्जली थापा फिचर्ड छन् । गीतमा समावेश संगीत, शब्द र दृश्यले सयौँ वर्ष पुरानो नेपाली समाजको प्रतिनिधित्व गर्छन् । सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनालाई फिल्मले बोल्नेछ । तत्कालीन समाजको परिवेश सुहाउँदो प्रस्तुति गीतमा चित्रण गरिएको छ । गीतमा झुमा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...