काठमाडौं– अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर चलचित्र विकास बोर्डले ‘महिला चलचित्र महोत्सव–२०८१’ आयोजना गर्दैछ । बोर्डको महिला चलचित्रकर्मी सशक्तिकरण समितिले यो महोत्सव आयोजना गर्न थालेको हो । यसैबीच, उक्त महोत्सवको क्रममा यही फागुन २० गते अर्थात भोलि मंगलवार बिान १०ः३० बजे चावहिलस्थित बोर्डको कार्यालयको हलमा पुरानो नेपाली फिल्म ‘सिन्दुर’ प्रदर्शन हुँदैछ । २०३५ सालमा बनेको यो फिल्म निःशुल्क रुपमा हेर्नका लागि बोर्डले आम दर्शकलाई एउटा मौका प्रदान गरेको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले सामाजिक सञ्जालमार्फत यो फिल्म हेर्न इच्छुक दर्शकलाई एसएमएसमार्फत सहभागिताका लागि आह्वान गरेका छन् । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...