काठमाडौं- अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चलचित्र विकास बोर्ड अन्तर्गत ‘महिला चलचित्रकर्मी सशक्तिकरण समिति’ को आयोजनामा मङ्गलवारदेखि सुरु भएको ‘महिला चलचित्र महोत्सव’ बिहीबार सम्पन्न भएको छ । ‘चलचित्रमा नारी’ स्लोगनसहित मङ्गलवारदेखि सुरु भएको महोत्सव बिहीबार विभिन्न कलाकारहरुलाई सम्मान गर्दै सम्पन्न भएको हो । महिला चलचित्र महोत्सवको पहिलो दिन फिल्म ‘सिन्दुर’ प्रदर्शन गरिएको थियो । सन् १९७९ (वि.सं. २०३६) मा रिलिज भएको ‘सिन्दुर’ नेपाली सिनेमाको दोस्रो रङ्गिन फिल्म हो । कार्यक्रमको दोस्रो दिन बुधवार महिला चलचित्रकर्मीद्धारा निर्माण गरिएका फिल्महरु प्रदर्शन गरिएका थिए भने बिहीबार आज महिला चलचित्रकर्मीहरुलाई सम्मान गरिएको हो ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...