काठमाडौं- आगामी चैत १ गतेदेखि प्रदर्शनको तयारीमा रहेको नयाँ फिल्म ‘राजागञ्ज’की मुख्य अभिनेत्री आशा मगरातीलाई स्विट्जरल्याण्डको प्रतिष्ठित फ्रिबर्ग अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलकाे अन्तर्राष्ट्रिय जुरी सदस्यमा मनोनित गरेको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा यो खबर आयोजक संस्थाले सार्वजनिक गरेको हो । फ्रिबर्ग अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलले आफ्नो वेबसाइटमार्फत अभिनेत्री मगरातीलाई जुरी सदस्यमा मनोनित गरेको जानकारी दिएको छ । ‘राजागञ्ज’ प्रदर्शन अगावै अभिनेत्री मगरातीलाई ठूलो उपलब्धि प्राप्त भएको हो । यो महोत्सवमा सन् २०१७ मा उनको अभिनय रहेको ‘सेतो सूर्य’ ले ४ अवार्ड जितेको थियो । यो महोत्सवको ३९ औं संस्करणको कथानक प्रतिस्पर्धातर्फ नेपालबाट अभिनेत्री ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...