काठमाडौं- आज शनिवार दिउँसो काठमाडौंको अष्टनारायण सिनेमा हलमा फिल्म ‘अन्जिला’ को विशेष प्रदर्शन गरियो । हजारौं दर्शकको उत्साहजनक उपस्थिति रहेको उक्त कार्यक्रममा फिल्म युनिटले दर्शकहरूसँग प्रत्यक्ष भेटघाट गरेको थियो। सिनेमा हलमा प्रवेश गर्ने दर्शकलाई ‘अन्जिला’को जर्सी उपहारस्वरूप प्रदान गरिएको थियो । दर्शकहरूको उत्साहलाई थप बढाउन फिल्मका निर्देशक मिलन चाम्स, कलाकार सुमिन गुरुङ, कलाकार तथा निर्माता प्रेमकुमार श्रेष्ठ, गायक तथा संगीतकार थानेश्वर गौतम र गीतकार प्रभा बर्तौला हलमा पुगेका थिए। फिल्म हेरिसकेपछि दर्शकहरूले ‘अन्जिला’ को पक्षमा नाराबाजी गर्दै फिल्मको प्रशंसा गरेका थिए । दर्शकले फिल्मले नेपालको राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...