फिल्ममा अनावश्यक सेन्सर गरेको भन्दै संसद्मा विरोध

March 16, 2025 at 06:35 AM
1 min read

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असीम साहले सरकारले फिल्ममा अनावश्यक सेन्सर गरेको भन्दै संसद्मा विरोध गरेका छन् । प्रदर्शनमा आएका फिल्म लाज शरणम् र राजागंजमा अनावश्यक सेन्सर भएको भन्दै उनले आपत्ति जनाएका हुन् । चलचित्र विकास बोर्डमा राजनीतिक नियुक्ति हुँदा कलालाई समेत राजनीतिक दृष्टिकोणबाट हेरेर अनावश्यक सेन्सरको काम भइरहेको उनले बताए । अनावश्यक सेन्सरप्रति व्यङ्ग्य गर्दै उनले भने,’सरकारलाई राजा भन्ने शब्द सुन्ने बित्तिकै डर लाग्छ की के हो फिल्म राजागंजमा सेन्सर भएको छ । एमालेका अध्यक्ष केपी ओलीले संविधानसभाबाट बाहिरिएकाहरूलाई झरेको आँप भन्नुभएको थियो । त्यही संवाद फिल्ममा राखिँदा सेन्सर भयो । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...