काठमाडौं- रंगकर्मी विमल सुवेदीको लेखन तथा निर्देशनमा तयार भएको पहिलो फिल्म ‘हिउँको गीत’को मोसन पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरले फिल्मका मुख्य कलाकारलाई परिचित गराउनुका साथै फिल्मको विषयवस्तुलाई पनि विम्बात्मक रुपमा प्रस्तुत गरेको छ । औँठाछापको पृष्ठभूमिमा बनेको पोस्टरले विस्थापनको कथासँगै कलाकारका उदास आँखा र क्षितिजतर्फको दृष्टिमार्फत् चरित्रको अनन्त प्रतीक्षाको नियतिलाई संकेत गरेको छ । ‘हिउँको गीत’ मार्फत् फिल्म निर्देशनमा पाइला चालेका विमल सुवेदी थिएटर भिलेजमार्फत् देश विदेशमा अनेकौँ प्रयोगधर्मी नाटक गर्ने सर्जकको रुपमा परिचित सर्जक हुन् । उनले नेपाली नाट्य क्षेत्रलाई राष्ट्रियस्तरमा मात्र नभएर अन्तर्राष्ट्रियस्तरमा समेत प्रतिनिधित्व गरेका छन् ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...