‘पिताम्बर’ को प्रचार गर्न दिव्याले नभ्याएको कि उनलाई लुकाइएको हो ?

March 20, 2025 at 10:32 AM

काठमाडौं– यही चैत २९ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘पिताम्बर’ को टीम अहिले प्रचार–प्रसारको लागि धौडधुपमा व्यस्त छ । ‘पिताम्बर’ को प्रचारका लागि निर्देशक कृषा चौलागाईँको नेतृत्वमा अभिनेताहरु प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, प्रमोद अग्रहरी आदि अन्तर्वार्तालगायतका गतिविधिमा व्यस्त भइरहेका छन् । ‘पिताम्बर’ का निर्देशकदेखि अभिनेताहरु सबै आफूले अभिनय गरेको फिल्मको प्रचारमा खुलेर लागिरहेको समयमा फिल्मकी अभिनेत्री दिव्या रायमाझी भने कहिँ–कतै देखिएकी छैनन् । प्रायः फिल्मको प्रचारमा अन्य कलाकारसंगै फिल्मकी मुख्य अभिनेत्री सहभागि भएकै हुन्छिन्, तर ‘पिताम्बर’ को प्रचारमा भने अभिनेताहरु भएर पनि अभिनेत्री भने गायव छिन् । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...