‘अन्जिला’ लाई दर्शकको साथ, शो संख्यामा समेत वृद्धि !

March 22, 2025 at 01:42 PM
1 min read

काठमाडौं- नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’ हेर्न दोस्रो शनिवार जनसागर उर्लिएको छ । निर्देशक मिलन चाम्सका अनुसार, पहिलो शनिवारको तुलनामा दोस्रो शनिवारको व्यापार झन्डै दोब्बर भएको छ । देशभरका हलहरूमा दर्शकहरूको उत्साहजनक सहभागिता हेर्दा यस चलचित्रको लोकप्रियता दिनानुदिन अत्यधिक बढ्दै गएको प्रस्ट भएको छ । शनिवार निर्देशक चाम्स, निर्माता तथा कलाकार प्रेमकुमार श्रेष्ठ, सह-निर्माता विनोद अग्रवाल र एन्जिलाको आमाको भूमिकामा अभिनय गरी व्यापक प्रशंसा पाइरहेकी सिर्जना सुब्बासहितको टोलीले काठमाडौंका विभिन्न हलहरूमा दर्शकसँग साक्षात्कार गरेका छन् । काठमाडौंको अष्टनारायण हलमा एक हजार सिट क्षमताको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...