फिल्म ‘कुस्ती’ को छायांकन सकियो

April 9, 2025 at 08:58 AM
1 min read

काठमाडौं- फिल्म ‘कुस्ती’ को छायांकन सकिएको छ। काठमाडौँ तथा आसपासका क्षेत्रमा छायांकन गरिएको फिल्ममा प्रेमसँगै स्वभाव भिन्नताले एकसाथ जीविकोपार्जन गर्न संघर्ष गर्न बाध्य जोडीको कथालाई देखाइने निर्माता तथा निर्देशक अनिल योञ्जनले जानकारी दिए। ‘कलाकार र प्राविधिकको मेहनतका कारण हामीले निर्धारित समयमा छायांकन सम्पन्न गर्न सफल भयौँ। एक अर्कासँग छुट्टिएर बस्न नसक्ने र सँगै रहन पनि नसक्ने भावनाको मधुर यात्रालाई यस फिल्ममा समेटेका छौँ। भावनात्मकतासँगै हाँस्यरसले भरिएको प्रेम कथानक फिल्म तयार गरेका छौँ’, उनले भने। फिल्ममा मिरुना मगर, धीरज मगर, पुस्कर गुरुङ, भोलाराज सापकोटा, दीकिला शेर्पा, रवीन्द्र झा, पुस्कर गुरुङ, राजाराम पौडेल, किरण ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...