मल्टि-स्टारर ‘जेरी अन टप’ को रिलिज घोषणा

April 11, 2025 at 10:38 AM
1 min read

काठमाडौं- अनन्या फिल्म्स प्रालिले फिल्म ‘जेरी अन टप’ को प्रदर्शन मिति तय गरेको छ । निर्माता सरोज न्यौपानेले मल्टि-स्टारर फिल्म २०८२ को असोज ३१ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने बताए । कार्तिक पहिलो साता परेको तिहार पर्वको छेकोमा यो फिल्म रिलिज हुनेछ । राष्ट्रिय र अन्तर्राष्ट्रिय वितरकहरूसँगको सहमतिमा प्रदर्शन मिति ‘लक’ गरिएको निर्माता न्यौपानेले बताए । यो फिल्ममा स्टार अभिनेता अनमोल केसी अभिनेत्रीद्वय आँचल शर्मा र जस्सीता गुरुङ, हाँस्य अभिनेता केदार घिमिरे ‘माग्नेबुढा’ प्रमुख अभिनयमा छन् । सगरमाथा बेसक्याम्प, काठमाडौं, मुस्ताङ लगायतका ठाउँमा यो फिल्मलाई छायांकन गरिएको छ । फिल्मका केहि दृश्य काठमाडौंमा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...