टिजरमा ‘हेल्लो काँशीराम’: देशको व्यथितीमाथि तिखो व्यङ्ग्य (भिडियो)

April 14, 2025 at 08:22 AM
1 min read

काठमाडौं- अबको १ महिनापछि अर्थात जेठ २ गते देशभरका हलहरूमा एकसाथ प्रदर्शनमा आउने फिल्म ‘हेल्लो काँशीराम’ टिमले फिल्मको टिजर सार्वजनिक गरेको छ । बुढासुब्बा डिजिटलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक यस टिजर २ मिनेट ४ सेकेन्डको छ । नयाँ वर्ष २०८२ को अवसर पारेर आज दिउँसो १ बजे सार्वजनिक टिजर देशको व्यथितीमाथि तिखो व्यङ्ग्य गरेर तयार पारिएको छ। टिजर हेरिसकेपछि  यस फिल्ममा नेपालको राजनीतिमा बाहिरी मुलुकहरूको हस्तक्षेपलाई नजानिँदो तरिकाले व्यङ्ग्य गरिएको बुझ्न सकिन्छ । टिजर हेर्नेहरूलाई नेपालमा शासन गर्ने नेताहरूले बाह्य हस्तक्षेपकर्तालाई देउता मानेर पूजा गर्ने प्रवृत्तिमाथि यस फिल्मले राम्रैसँग कटाक्ष गरेको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...