चलचित्र ‘बिगुल’मा कांग्रेस महामन्त्री शर्माको गीत

April 19, 2025 at 10:29 PM

काठमाडौं । चलचित्र ‘बिगुल’को एउटा गीतमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको गीत रहने भएको छ । रमेश कोइरालाको निर्देशनमा समसामयिक सामाजिक तथा राजनीतिक विषयमा निर्माण हुनलागेको यो चलचित्रको ‘आउ यस्तो देश बनाऔं’ बोलको गीत बुधबार अनामनगरस्थित सायारेम स्टुडियोमा रेकर्ड गरिएको हो । चर्चित गायक राजेश पायल राईको स्वरमा रहेको यो गीतलाई महामन्त्री शर्माले लेख्नुभएको हो

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...