निखिल उप्रेतीको ‘आचार्य’: पाँच नयाँ अनुहारको खोजी, मुम्बई, बाली र दुबईमा छायांकनको तयारी

April 25, 2025 at 09:06 AM

काठमाडौं– एक्शन किङको उपाधि पाएको अभिनेता निखिल उप्रेतीले आफ्नै कथा तथा निर्देशनमा निर्माण गर्ने नयाँ नेपाली फिल्म ‘आचार्य’ का लागि कलाकारको खोजि प्रारम्भ गरिएको छ । फिल्मका निर्मातासमेत रहेका उप्रेतीले ललितपुरका महालक्ष्मीमा अफिस स्थापना गरेर नयाँ कलाकारका लागि अडिसन थालेका छन् । अभिनेता उप्रेतीकै मुख्य भूमिका रहने यो फिल्ममा उनीसहित कुल पाँच जना अभिनेताहरु रहने छन् । पाँच अभिनेताहरुमध्ये अधिकांश नयाँ अनुहार हुनसक्ने बताइएको छ । अभिनेत्री भने बिल्कुलै नयाँ अनुहार हुने फिल्मसंग निकट स्रोतले जानकारी दिएको छ । फिल्ममा अभिनय गर्ने मुख्य कलाकारका लागि अडिसन प्रारम्भ गरिएको हो । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...