म्याग्दीमा ‘माईतीघर’ को शुभ मुहूर्त, आजैदेखि छायांकन प्रारम्भ

May 1, 2025 at 05:55 AM

म्याग्दी– बहुप्रतीक्षित नेपाली फिल्म ‘माईतीघर’ को बिहीवार मजदुर दिवसको अवसर पारेर म्याग्दीको एउटा मन्दिरमा शुभमुहूर्त गरिएको छ । फिल्मका निर्माता रोहित अधिकारीका अनुसार आजैदेखि यो फिल्मको छायांकनको औपचारिक सुरुवातसमेत भएको छ  । फिल्मका सम्पूर्ण कलाकारहरूको उपस्थितिमा शुभमुहूर्त गरिएपछि अब फिल्मले नियमित छायांकनसमेत बढेको छ । निर्माण पक्षले फिल्मलाई यसै वर्षको दशैँको फूलपातीको अवसर पारेर प्रदर्शन गर्ने तयारी गरिरहेको छ । ‘दशैंमा भेटौंँ’ भन्ने नाराका साथ टोलीले फिल्म निर्माणमा जुट्ने घोषणा गरेको छ । यो फिल्ममा केदार घिमिरे (माग्ने बुढा), धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी आदि कलाकारको मुख्य भूमिका रहने छ । सामाजिक–पारिवारिक ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...