‘ऊनको स्वीटर’ को अग्रिम टिकट बुकिङ खुला: दर्शकमा देखियो उत्साह

May 7, 2025 at 07:40 AM
1 min read

काठमाडौं- यही शुक्रवार (वैशाख २६) बाट देशभर प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘ऊनको स्वीटर’को अग्रिम टिकट बुकिङ सुरु भइसकेको छ । टिकट बुकिङ खुल्नासाथ दर्शकको उत्साह उल्लेखनीय रूपमा देखिएको छ र दर्शकहरूले टिकट खरिद गर्न थालिसकेका छन् । टिजर, ट्रेलर र गीतमार्फत पहिल्यै चर्चा बटुल्न सफल यो फिल्मप्रति दर्शकको चासो अझै तीव्र बनेको छ । नेपालकै सबैभन्दा ठुलो फिल्म हल सञ्जाल क्युएफएक्सले मङ्गलवारदेखि नै टिकट बुकिङ खुला गरेको हो । त्यस्तै, काठमाडौं उपत्यकाका बिग मुभिज, आइएनआई, एफक्युब लगायतका हलहरू तथा उपत्यका बाहिरका प्राय: फिल्म घरले पनि टिकट बिक्री सुरु गरिसकेका छन् ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...