‘टोक्मा एप चलाऊँ, देशको पैसा देशमै राखौँ’: विल्सन विक्रम राई

May 12, 2025 at 10:55 AM

काठमाडौं– ‘तक्मे बुढा’ को नामले अत्यधिक रुचाइएका अभिनेता तथा हास्य कलाकार विल्सन विक्रम राई बहुआयामिक डिजिटल सेवा प्रदायक कम्पनी ‘तोक्मा टेक्नोलोजीज’ का ब्राण्ड एम्बासडरमा नियुक्त भएका छन् । सोमवार काठमाडौंको होटेल याक एण्ड यतिमा आयोजित एक समारोहबीच अभिनेता राईलाई आफ्नो ‘ब्रान्ड फेस’ को रूपमा सार्वजनिक गरेको हो । नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रवन्ध निर्देशक कुलमान घिसिङको प्रमुख आतिथ्यमा सोमवारदेखि नै ‘तोक्मा एप’ को औपचारिक रूपमा सेवा प्रारम्भ गरेको छ । तोक्माले नेपालको डिजिटल सेवा क्षेत्रमा क्रान्ति ल्याउने उद्देश्यसहित राइड शेयरिङ, केयर गिभिङ, पर्यटन र सुरक्षासम्बन्धी सेवा एकै एपमार्फत प्रदान गर्दछ । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...