सुहानालाई चिकित्सा मनोविज्ञानमा स्नातकोत्तरको उपाधि

May 22, 2025 at 05:29 AM

काठमाडौं– अभिनेत्री सुहाना थापाले परामर्श तथा चिकित्सा मनोविज्ञानमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेकी छिन् । सुहानाले अमेरिकाको कोलम्बिया विश्वविद्यालय, न्यूयोर्कबाट आफ्नो अध्ययन पूरा गरेकी हुन् । निर्माता सुनिलकुमार थापाले छोरी सुहानाको यो उपलब्धिका तस्विरहरु फेसबुकमा शेयर गर्दै लेखेका छन्– ‘सन्तानलाई दिने सबैभन्दा अमूल्य सम्पत्ति भनेको संस्कार र शिक्षा हो ।’ ‘आजको दिन मेरो जीवनको एक अविस्मरणीय क्षण हो, निर्माता थापाले लेखेका छन्– ‘छोरी सुहानाले कोलम्बिया विश्वविद्यालय, न्युयोर्कबाट परामर्श तथा चिकित्सा मनोविज्ञानमा स्नातकोत्तर अध्ययन सम्पन्न गरी दीक्षित भएको यो सुखद अवसर तपाईंहरूसँग बाँड्न पाउँदा म अत्यन्तै गौरव अनुभूति गरिरहेको छु ।’ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...