काठमाडौं– चलचित्र समीक्षक समाज नेपाल (फिक्सन) को अध्यक्षमा पत्रकार सामीप्यराज तिमल्सेना चुनिएका छन् । काठमाडौंमा सम्पन्न साधारणसभाले तिमल्सेनाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । यो संस्था नेपाल पत्रकार महासंघमा आबद्ध एसोसियट संस्था पनि हो । पत्रकार महासंघका सचिव प्रकाश धौलाकोटीको उपस्थितिमा सम्पन्न साधारणसभाले उपाध्यक्षमा रीना मोक्तान, अनिल यादव तथा प्रदीप कार्कीलाई चयन गरेको छ । त्यस्तै महासचिवमा प्रभाकर गौतम तथा सचिवहरूमा नरेश फुयाँल र लक्ष्मी बलायर चुनिएका छन् । कोषाध्यक्षमा समर्पण श्री चुनिँदा कार्यसमिति सदस्यमा सुशीला तामाङ, संगीता गिरी, अभिमन्यु दिक्षित, प्रशुन संग्रौला र श्रीजु सरल सर्वसम्मत भएका छन् ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...