‘जहाजैमा’: कृषा चौलागाईँले सार्वजनिक गरिन् नयाँ फिल्मको नाम

June 10, 2025 at 05:57 AM

काठमाडौं– फिल्म ‘पिताम्बर’ निर्देशन गरेर चर्चामा आएकी निर्देशक कृषा चौलागाईँले आफ्नो नयाँ फिल्मको शीर्षक सार्वजनिक गरेकी छिन् । अघिल्लो साता जापान भ्रमणका क्रममा निर्देशक चौलागाँइले साइन गरेको फिल्मको शीर्षक ‘जहाजैमा’ राखिएको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् । आफ्नो फेसबुक अकाउन्टमा फिल्मको पोस्टर शेयर गर्दै निर्देशक चौलागाईँले यो फिल्म सन् २०२६ मा प्रदर्शन हुने जानकारी गराएकी छिन् । ‘अबको यात्रा…’ भन्दै निर्देशक चौलागाईँद्वारा शेयर गरिएको पोस्टरमा एउटा विमानको तस्विर देखिन्छ भने एक जना पुरुष सुटकेश बोकेर उक्त जहाजतर्फ हेरिरहेको देखिन्छ । पृष्ठभुमिमा भने एउटा अत्याधुनिक शहर देख्न सकिन्छ । ‘जहाजैमा’ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...