केदारपछि ‘जहाजैमा’ मा सौगातको इन्ट्री

June 29, 2025 at 05:39 AM
1 min read

काठमाडौं- भदौबाट जापानमा छायाङ्कन सुरु हुन लागेको फिल्म ‘जहाजैमा’मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । अभिनेता सौगात मल्लसँग निर्माण टिमले कागजी सम्झौता गरिसकेको छ । यो फिल्ममा सौगातको भूमिका कस्तो रहने हो भन्ने खुलाइएको छैन । तर, सौगातले भूमिका निकै नै मन पराएपछि काम गर्न राजी भएको बुझिएको छ । कृषा चौलागाइको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा यसअघि कलाकार केदार घिमिरे पनि फाइनल भइसकेका छन् । फिल्ममा केदारको भूमिका कस्तो हुनेछ भन्ने पनि केही खुलाइएको छैन । फिल्ममा अन्य केही स्टार कलाकारहरुको अभिनय रहने बुझिएको छ । फिल्ममा जापानीज अभिनेत्री ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...