राष्ट्रिय चलचित्र पुरस्कार २०८१ वितरण

July 14, 2025 at 11:09 PM

निर्देशक मीनबहादुर भाम निर्देशित चलचित्र शाम्बाला राष्ट्रिय चलचित्र पुरस्कार २०८१ मा उत्कृष्ट चलचित्र घोषित भएको छ । सोमबार राष्ट्रपति कार्यालय, शीतलनिवासमा सम्पन्न समारोहमा शाम्बालाले उत्कृष्ट चलचित्रको अवार्ड हात पार्दै निर्देशक भामले पनि उत्कृष्ट निर्देशनको पुरस्कार प्राप्त गर्नुभयो । चलचित्र विकास बोर्डको आयोजनामा सम्पन्न कार्यक्रममा वर्ष २०८१ मा प्रदर्शनमा आएका चलचित्रहरूबाट विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...